२८ आश्विन २०८३, बुधबार

बाढी प्रभावित पाँच जिल्लाको १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी पाँच जिल्लाको १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार सरकारले राजपत्रमार्फत सो घोषणा गरेको हो ।

तिब्बत हुँदै नेपाल पसेको प्रलयकारी बाढीले ठूलो क्षति पुर्‍याएको रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहलाई विपद्‍ग्रस्त क्षेत्र घोषणा गरिएको छ । जसअनुसार रसुवाको उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ्मो गाउँपालिका तथा नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका विपद्‍ग्रस्त क्षेत्र घोषित भएको छ ।

त्यस्तै, धादिङको गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका र तनहुँको दुई स्थानीय तह (देवघाट र आँबुखैरैनी गाउँपालिका) रहेको राजपत्रमा उल्लेख छ ।

सरकारले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा प्रलयकारी बाढीको क्षति भोगेका ५ जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्दै उद्धार, राहत र पुनर्मार्माणमा केन्द्रित हुने जनाएको छ ।