२८ आश्विन २०८३, बुधबार

२४ घण्टामा ५१४ सवारी चालक कारबाहीमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १३६, सिसिटिभिमार्फत ५०, रातोबत्तीमा २२ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्र गतिमा ९१, हर्न निषेधमा ८, लेन क्रसमा ३, अवस्था ठिक नभएको १५, एकतर्फीमा ५ र अन्यमा १८४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।