काठमाडौं । भारत सरकारले टनेलमा फसेका कामदारको उद्वारका लागि टनेल रेस्क्यू टिम पठाउने भएको छ । भोटेकोशी बाढीपछि कयौँ कामदार विभिन्न हाइड्रोपावरको टनेलमै फसेका छन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैयसवालले शुक्रबार पत्रकार सम्मेलनमार्फत टिम पठाउन लागेको जानकारी दिए । टिम पठाउनु अगाडि रेक्की गर्ने टोली बाढी प्रभावित क्षेत्रमा पुगेर निगरानी गर्ने उनले जानकारी दिए ।
‘भारतले दुई वटा जहाज मानवीय सहायता सहित पठाइसकेको छ। तेस्रो जहाज पनि जाने तयारीमा छ। नेपालको अनुरोध अनुसार हामीले टनेल रेस्क्यू टिम पनि पठाउने तयारी गरेका छौं,’ उनले भने, ‘त्यसका लागि पहिला रेक्की टिम पठाउँदैछौं, जहाँ प्रभावित क्षेत्रमा पुगेर आवश्यक सामग्रीबारे विश्लेषण गर्नेछ।’
यस्तै बेलिब्रिज पनि पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।











प्रतिक्रिया