२८ आश्विन २०८३, बुधबार

चीनमा यसरी भइरहेको छ खोजी र उद्धार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने चीन–नेपाल सीमा नाका केरुङमा आएको पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा चिनियाँ टोलीले पनि सक्रियता बढाएको छ ।

शुक्रबार बिहान ३० सदस्यीय उद्धार टोली पहाडी क्षेत्रमा कठिन पैदल यात्रा प्रभावित क्षेत्रतर्फ अघि बढेको छ । उक्त पहिरोमा तीन जनाको मृत्यु भएको छ भने सयौँ व्यक्ति अझै बेपत्ता छन् ।

सिजाङ र छिमेकी सिचुआन प्रान्तका अग्निनियन्त्रकहरू सम्मिलित उक्त टोली सीमा नाकाबाट पाँच–छ किलोमिटर टाढा रहेको प्रभावित प्रस्थान गरेको थियो ।

टोलीले खोजीका लागि तालिमप्राप्त कुकुर तथा बेल्चा, गैँती र जीवन पत्ता लगाउने उपकरणजस्ता हलुका सामग्री बोकेका छन् । उनीहरूले जङ्गली तथा दुर्गम बाटो हुँदै पाँच घण्टाभन्दा बढी पैदल यात्रा गर्दैछन् ।

पहिरो बुधबार बिहान सिजाङको केरुङ काउन्टीस्थित केरुङ नाकामा आइपुगेको थियो । बिहीबार बिहान ८ बजेसम्म तीन जनाको मृत्यु भएको, ५५८ जना अझै बेपत्ता रहेको र स्थानीय दुई जना गाउँलेको उद्धार गरिएको जनाइएको छ।

आपतकालिन व्यवस्थापन मन्त्रालयका अनुसार पहिलो चरणमा १४१ जना उद्धारकर्मीको टोली बिहीबार बिहानै केरुङ नाकामा पुगेको थियो । खोज तथा उद्धार कार्यमा हेलिकप्टर, ड्रोन र भू–उपग्रहसमेत परिचालन गरिएको छ ।

यसैबीच, प्रभावित क्षेत्रमा सकेसम्म छिटो ठूला मेसिन तथा उपकरण प्रवेश गराउन सडक मर्मतको काम भइरहेको छ । सञ्चार तथा विद्युत् आपूर्ति संरचनाको पुनःस्थापना पनि चरणबद्ध रूपमा अघि बढिरहेको छ ।

विपद् प्रभावित क्षेत्रबाट उद्धार गरिएका कुल ४९९ जना गाउँले तथा निर्माण मजदुरलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।

यसैगरी, संस्कृति तथा पर्यटन निकायको समन्वयमा प्रभावित ५५५ जना पर्यटकलाई उद्धार गरी अन्यत्र स्थानान्तरण गरिएको छ । हाल कुनै पनि पर्यटक अलपत्र अवस्थामा नरहेको जनाइएको छ ।

नागरिक उड्डयन निकायहरू पनि उद्धार कार्यमा सहभागी भएका छन् । बिहीबार दिउँसो ३ बजेसम्म नागरिक उड्डयन सेवामार्फत ३२४ जना उद्धारकर्मीलाई प्रभावित क्षेत्रमा पुर्‍याइएको र २४ टन उद्धार सामग्री, दैनिक उपभोग्य वस्तु तथा चिकित्सा सामग्री ढुवानी गरिएको थियो । यसबाट आपत्कालीन प्रतिकार्य तथा प्रभावित बासिन्दाको उद्धार र स्थानान्तरणमा सहयोग पुगेको छ । सीसीटीभीप्लस