काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि नेपाली सेनाले उद्धार अभियान तीव्र बनाएको छ। सेनाका हेलिकप्टरमार्फत शुक्रबार दिउँसो १२ः२० बजेसम्म टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायत क्षेत्रबाट ४४९ जनाको उद्धार गरिएको हो।
उद्धार गरिएकामध्ये १७ जना विदेशी नागरिक रहेका छन्। तीमध्ये १३ जना भारतीय र चार जना जर्मन नागरिक रहेको नेपाली सेनाले जनाएको छ।
बाढीबाट प्रभावित रसुवासहितका जिल्लामा नेपाली सेनाका ४ हजार ५ सयभन्दा बढी जनशक्ति परिचालन गरिएको छ। उनीहरूले घाइते तथा प्रभावितको खोज तथा उद्धारसँगै आपत्कालीन उपचार र राहत सामग्री वितरणको काम गरिरहेका छन्।
सेनाले स्थानीय प्रशासन तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान जारी राखेको जनाएको छ।


















प्रतिक्रिया