काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि शिवशक्ति ग्रुपले ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासी लगायत आसपासका क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको जनाएको छ ।
शिवशक्ति ग्रुपका तर्फबाट राजकुमार अग्रवाल, सन्दीपकुमार अग्रवाल, राहुलकुमार अग्रवालसहित कम्पनी परिवारले ५१ लाख रुपैयाँ सहयोग गरेको हो । उक्त रकम अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको ग्रुपले जनाएको छ ।
यसैगरी, रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालि बाराले पनि बाढीपीडितको राहत तथा उद्धारका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।
विपद्को कठिन समयमा निजी क्षेत्र, उद्योगी–व्यवसायी, संघसंस्था तथा आम नागरिकलाई आफ्नो क्षमताअनुसार राहत तथा उद्धार अभियानमा सहयोग गर्न पनि शिवशक्ति ग्रुपले अपिल गरेको छ ।











प्रतिक्रिया