२८ आश्विन २०८३, बुधबार

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी ठगी मुद्दामा दोषी ठहर भएका छन्।

जिल्ला अदालत, काठमाडौँका न्यायाधीश कृतबहादुर बोहराको इजलासले तामाङसहित १७ जनालाई दोषी ठहर गरेको हो। सजाय निर्धारण भने बाँकी छ । अदालतले सजाय निर्धारणका लागि भदौ २५ गतेलाई पेसी तोकेको छ।

दोषी ठहर भएकामा तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद रिसाल, सिर्जना शाक्य तामाङ, लालकाजी गुरुङ र मिना गुरुङ रहेका छन् ।

संगठित अपराधको मुद्दामा भने उनीहरूले सफाई पाएका छन् ।