२८ आश्विन २०८३, बुधबार

काँग्रेस देउवा पक्षलाई अदालतको झट्का, दिएन महाधिवेशन रोक्न अन्तरिम आदेश

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै अन्तरिम आदेश माग गर्दै पूरक निवेदन दिएका थिए।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसअघि वैसाख ४ गते आदेश हुँदा फैसला कार्यान्वयन गर्नु पर्ने गरी कुनै आदेश निर्देश नगरी निवेदन नै खारेज गरेको समेतको स्थितिमा निवेदन माग बमोजिम अन्तरकालीन आदेश जारी गर्न पर्नेसम्मको पूर्वावस्था प्रथम दृष्टिमा नै नदेखिएको हुनाले माग बमोजिम गर्नू।’