काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका व्यक्तिको शवबाट कानको मुन्द्रा चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई भरतपुर बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन् ।
बाढीबाट प्रभावित क्षेत्रमा मृतकको शवको व्यवस्थापन तथा खोजी कार्य भइरहेका बेला शवबाट सुनका मुन्द्रा चोरी गरेको सूचना पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियोमा मृतकको शवबाट कानको मुन्द्रा निकालिएको देखिएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।
भाइरल भिडियोबारे अनुसन्धान गर्दै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया