काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या ३ सय ५९ पुगेको छ।
खोजी तथा उद्वारका क्रममा हालसम्म ३ सय ५९ जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको हो। यो तथ्यांक साँझ ५ बजेसम्मको हो ।
प्रहरीले दिएको जानकारी अनुसार चितवनमा सबैभन्दा धेरै १३२ जनाको शव फेला परेको हो भने नवलपरासी पूर्वमा २, धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ ।
यस्तै उद्वार गरिएका ६३ जनाको काठमाडौंका विभिन्न अस्पतामा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको हो । त्रिवि शिक्षण अस्पतालमा ३१ जनाको उपचार भइरहेको छ। उपचारपछि ५ जना डिस्चार्ज भइसकेका छन्। ट्रमा सेन्टरमा २२ जना, नर्भिक, वीर र मनमोहन अस्पतालमा २÷२ जनाको उपचार भइरहेको हो ।
यसैगरी, ग्रान्डी, मनमैजु शुभम्, ग्रिनसिटी र वीरेन्द्र सैनिक अस्पतालमा एकएक जनाको उपचार भइरहेको पनि प्रहरीले बताएको छ।











प्रतिक्रिया