२८ आश्विन २०८३, बुधबार

भोटेकोशी बाढी प्रभावितका लागि एनसेलले १ करोड सहयोग गर्ने

३ दिनसम्म निःशुल्क भ्वाइस, डेटा र १०० वटा एसएमएस उपलब्ध

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

एनसेल फाउन्डेसनमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिने कम्पनीले जनाएको छ। रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि सरकारले गरेको आह्वानअनुसार सहयोग घोषणा गरिएको हो।

एनसेलले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै बेपत्ता तथा प्रभावितको शीघ्र उद्धारको कामना गरेको छ।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा रहेका एनसेलका ग्राहकलाई कम्पनीले ३ दिनसम्म निःशुल्क भ्वाइस, डेटा र १०० वटा एसएमएस उपलब्ध गराएको छ। यसबाट प्रभावित नागरिकलाई परिवार, आफन्त तथा उद्धारमा खटिएका टोलीसँग सम्पर्कमा रहन सहज हुने कम्पनीको अपेक्षा छ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले विपद्को समयमा प्रभावित समुदायको साथमा उभिनु साझा जिम्मेवारी भएको बताइन्। उनले उद्धार, राहत र पुनःस्थापनाका प्रयासमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग गर्न १ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको जानकारी दिइन्।

एनसेलले आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता हेरेर आवश्यक सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।