२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा नाडाको १० लाख सहयोग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढी प्रभावित क्षेत्रको राहत तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै नाडाले दुःख व्यक्त गरेको हो । नाडाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

राहत, उद्धार तथा पुनर्स्थापनामा राज्यसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै नाडाले देशभरका अटोमोबाइल व्यवसायीलाई समेत विपद्मा सहयोग गर्न आह्वान गरेको छ । साथै, यो विपद् नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सञ्चालनमा रहेकै बेला आइपरेको भन्दै नाडाले भृकुटीमण्डपमा जारी अटो शो जारी रहने जनाएको छ ।

आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्को सामना गर्नुपर्ने अवस्था रहेको भन्दै नाडाले सरकार, निजी क्षेत्र, व्यवसायी र आम नागरिकको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माण प्रभावकारी बनाउन सकिने जनाएको छ ।

नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीले विपद्को समयमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।