२८ आश्विन २०८३, बुधबार

विपद्मा परे वा कोही समस्यामा परेको थाहा पाए १२३४ मा फोन गर्नुहोस्

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी, डुबान तथा पहिरोको जोखिम बढिरहेका बेला गृह मन्त्रालयले विपद्मा परेका नागरिकको उद्धार तथा तत्काल सहयोगका लागि टोल फ्री नम्बर १२३४ मा फोन गर्न आग्रह गरेको छ ।

गृह मन्त्रालयअन्तर्गतको १२३४ विपद् कल सेन्टर २४ सै घण्टा सञ्चालनमा रहेको छ ।

बाढी, डुबान, पहिरो, भूकम्प, आगलागी, हिमपहिरो, चट्याङ, आँधीहुरी लगायत कुनै पनि विपद्मा परेका व्यक्तिले उद्धार तथा सहयोगका लागि उक्त नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

आफू विपद् नपरे पनि कोही व्यक्ति समस्यामा परेको वा तत्काल उद्धार आवश्यक रहेको जानकारी भएमा समेत १२३४ मा फोन गरी सूचना दिन गृह मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।

फोन गर्दा घटना के भएको हो, कहाँ भएको हो, अनुमानित कति मानिस प्रभावित छन् र तत्काल कस्तो सहायता आवश्यक छ भन्ने जानकारी स्पष्ट रूपमा दिनुपर्नेछ ।

प्राप्त सूचनाका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा सहायता परिचालन गरिने मन्त्रालयले जनाएको छ । समयमै दिएको एउटा सूचनाले कसैको ज्यान बचाउन सक्छ ।