२८ आश्विन २०८३, बुधबार

नुवाकोटमा बाढीबाट मृत्यु हुनेको संख्या ४ पुग्यो, ५५ जनाको जीवितै उद्धार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नुवाकोटमा बाढीका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार सुरक्षाकर्मीले संकलन गरेर ल्याएका चार वटा शव फेला परेका छन् ।

प्रजिअ रेग्मीले खोलामा गएर थप शव संकलन गर्ने अवस्था अहिले नरहेको जानकारी दिए । उनका अनुसार खोलाको किनारमा आएका तथा उद्धारका क्रममा भेटिएका शव संकलन गरिएको हो ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ५९ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये चार जनाको शवसहित ५५ जनालाई जीवितै उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

उनका अनुसार बाढीका कारण पाँच जनाको मृत्यु भएको भन्ने समाचार आए पनि हालसम्म प्रशासनले चारवटा शव फेला परेको आधिकारिक पुष्टि गरेको छ ।