२८ आश्विन २०८३, बुधबार

सरकारले सम्पूर्ण सामार्थ्य सबैभन्दा पहिला नागरिक बचाउन लगाउनेछ : रवि लामिछाने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सरकारले सम्पूर्ण सामर्थ्य नागरिक बचाउन लगाउने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारले सम्पूर्ण सामार्थ्य सबैभन्दा पहिला नागरिक बचाउन लगाउने विश्वास व्यक्त गरेका हुन् ।

नागरिकको ज्यान बचाउने कुरा यतिखेर सबैभन्दा महत्त्वपूर्ण कुरा भएको उनको भनाइ छ । भोटेकोशीमा आएको बाढीको विपत्तिमा सरकार र रास्वपासँगै रहेको उनले स्पष्ट पारे ।

“सरकारले सम्पूर्ण सामार्थ्य लगाउनेछ । नागरिकको ज्यान बचाउने कुरा यतिखेर सबैभन्दा महत्त्वपूर्ण कुरा भएकाले मैले सम्मानित सदनलाई प्रतिबद्धताका साथ बताउन सक्दछु,” उनले भने, “मैले बिहानदेखि अहिलेसम्म गरेका संवादका आधारमा सरकारले सम्पूर्ण सामार्थ्य सबैभन्दा पहिला नागरिक बचाउन लगाउनेछ ।”