२८ आश्विन २०८३, बुधबार

उद्वारमा खटिएको हेलिकप्टरलाई सहज बनाउन नुवाकोटमै पठाइयो ‘रिफ्युलर’ गाडी

नेपालको इतिहासमा पहिलो पटक विमानस्थल बाहिर ‘रिफ्युलर’ गाडी पठाइयो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतमा खटिएका हेलिकप्टरलाई सहज बनाउन १६ हजार लिटर क्षमताको इन्धन बोकेको ‘रिफ्युलर’ गाडी नुवाकोट पठाइएको छ ।

नेपाल आयल निगमले हेलिकप्टर इन्धन भर्न काठमाडौं आउन नपरोस् भनेर नुवाकोटमै पठाइएको हो । नेपालको इतिहासमा पहिलो पटक विमानस्थल बाहिर ‘रिफ्युलर’ गाडी पठाइएको हो ।

नुवोकाटस्थित सेनाको ब्यारेकसम्म रिफ्युलर पुग्न नसके धादिङ गजुरी ब्यारेकमा गएर बस्ने छ ।