२८ आश्विन २०८३, बुधबार

उद्धार र राहतमा जुट्न राष्ट्रपति पौडेलको अपिल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी र त्रिशूलीको बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई पनि उद्धार र राहतमा जुट्न अनुरोध गरेका हुन् ।

राष्ट्रपति पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताए ।

उनले विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गरेका छन् । साथै, तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तक रहँदै आवश्यक समन्वय एवम् सहयोगमा जुट्न पनि उनको आग्रह रहेको छ ।