काठमाडौं । नेकपा (एमाले)ले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।
बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा रसुवा बाढी र उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ ।
यसअघि आजै पार्टी अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढेको उल्लेख गर्दै पार्टी, जनसंगठन र स्वयंसेवकहरूलाई उद्वारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका थिए ।
अध्यक्ष ओलीले पार्टी, जनसंगठन र स्वयंसेवकहरूलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्यमा सहयोगका लागि तयारी अवस्थामा रहन भनेका थिए ।
अध्यक्ष ओलीले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अपिल गरेका छन् ।











प्रतिक्रिया