२८ आश्विन २०८३, बुधबार

भोटेकोशीको बाढी साढे ३ बजे देवघाट आइपुग्ने अनुमान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चितवन–देवघाट बाढी मापन केन्द्रमा पानीको सतह बढेर करिब ८ मिटर पुग्नसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

नेपाल बाढी सूचनाका अनुसार देवघाटमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ । भोटेकोशीमा आएको बाढीको बहाव करिब दिउँसो ३ः३० बजे देवघाट क्षेत्रमा आइपुग्ने अनुमान गरिएको छ ।

प्रारम्भिक आकलनअनुसार बाढी आएपछि देवघाटमा पानीको सतह करिब ३ मिटरले बढ्नसक्ने र करिब ८ मिटर पुग्नसक्ने जनाइएको छ । उक्त बाढी २–३ वर्षको पुनरावृत्ति अवधिको हुनसक्ने अनुमान गरिएको छ ।

हालको आकलनअनुसार चितवन र नवलपरासी क्षेत्रमा ठूलो डुबानको सम्भावना कम रहेको जनाइएको छ । यद्यपि अर्को सूचना जारी नभएसम्म नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र सुरक्षित अग्लो स्थानमा बस्न आग्रह गरिएको छ ।