२८ आश्विन २०८३, बुधबार

नाडा अटो शो २०२६ मा सिद्धार्थ बैंकको विशेष अफर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजना भइरहेकोनाडा अटो शो २०२६ मा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।

बैंकले एक्स्पो अवधिभर सवारीसाधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागि ५.९६ प्रतिशत वार्षिक ब्याजदर तथा ०.५ प्रतिशत सेवा शुल्कसहितको आकर्षक कर्जा सुविधा सञ्चालनमा ल्याएको हो । यो विशेष योजना भदौ ९ गतेदेखि १४ गतेसम्म (२५–३० अगस्ट २०२६) आयोजना भइरहेको नाडा अटो शो अवधिमा बुकिङ गरिएका सवारीसाधनका लागि लागू हुने बैंकले जनाएको छ ।

सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकहरूले एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन बैंकको अनुरोध छ । यस योजनाबाट ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपभोग गरी आफ्नो आवश्यकता अनुरूपको सवारीसाधन खरिद गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।