२८ आश्विन २०८३, बुधबार

नाडा अटो शोमा भेस्पा र अप्रिलिया खरिदकर्तालाई विशेष अफर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा भेस्पा र अप्रिलियाका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष ‘द सेभिङ एक्स्ट्राभ्यागान्जा’ योजना सार्वजनिक गरेको छ ।

स्टल नं. टीडब्लू–११ मा उपलब्ध यस योजनाअन्तर्गत नाडा अटो शो अवधिभर भेस्पा वा अप्रिलिया खरिद वा बुकिङ गर्ने ग्राहकले २८,५०० रुपैयाँसम्मको विशेष लाभ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यसअन्तर्गत खरिद गर्ने ग्राहकले विशेष भेस्पा तथा अप्रिलिया ल्यापटप ब्याग समेत प्राप्त गर्नेछन् । यो योजना नगद, फाइनान्स तथा एक्सचेन्जमार्फत खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ । यस वर्ष भेस्पाले नाडामा आफ्नो उपस्थिति अझ विशेष बनाउँदै इटालियन क्याफेबाट प्रेरित थिममा स्टल तयार गरेको छ । स्टलको डिजाइनमार्फत भेस्पाको प्रतिष्ठित इटालियन डिजाइन, जीवनशैली र प्रिमियम अनुभवलाई प्रस्तुत गरिएको छ ।

प्रदर्शनीको मुख्य आकर्षणका रूपमा नयाँ अप्रिलिया एसआर १७५ एचपीई, लाइल्याक रंगमा भेस्पा १२५ र ओरो रंगमा भेस्पा एस १२५ प्रस्तुत गरिएको छ । साथै, अप्रिलियाका अन्य मोडलहरू स्टर्म १२५ र एसआर १६० तथा भेस्पाका अन्य रंगका जेटएक्स १२५, भेस्पा १२५ र भेस्पा एस १२५ पनि प्रदर्शनीमा राखिएका छन् ।

यस अवसरमा डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) विजय के. महतोले भने, “नाडा अटो शो २०२६ मा भेस्पा र अप्रिलियाका नयाँ मोडल नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा हामी खुसी छौँ । नयाँ अप्रिलिया एसआर १७५ तथा लाइल्याक भेस्पा १२५ र ओरो भेस्पा एस १२५ ले ग्राहकलाई नयाँ विकल्प र उत्कृष्ट अनुभव दिनेछ । साथै, भेस्पाको क्याफे–थीम स्टल र ‘द सेभिङ एक्स्ट्राभागान्जा’ले नाडाको अनुभवलाई अझ विशेष बनाउने हाम्रो विश्वास छ ।”

भेस्पा र अप्रिलियाको नवीनतम मोडल तथा विशेष अफरका लागि नाडा अटो शो २०२६ को स्टल नं टीडब्लूई–११ मा भ्रमण गर्न सकिने कम्पनीले जनाएको छ ।