२८ आश्विन २०८३, बुधबार

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, आकर्षक ब्याजदरमा सवारी कर्जा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको १८ औं संस्करणको नाडा अटो शो २०२६ मा महालक्ष्मी विकास बैंकले पनि सहभागिता जनाएको छ ।

आजदेखि सुरु भएको अटो शो भदौ १४ गतेसम्म जारी रहनेछ ।

अटो शोमा विकास बैंकले गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य गर्नेछ ।

हाल विकास बैंकहरुमा सबैभन्दा प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको विकास बैंकले आकर्षक ब्याजदरमा सवारी कर्जा प्रदान गर्नेछ । यस अवसरमा बैंकले प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गर्नेछ । भदौ महिनाको लागि हाल बैंकको आधार दर ५.६४ प्रतिशत रहेको छ जसको प्रत्यक्ष लाभ सवारी कर्जा लिने ग्राहकहरुले लिन सक्नेछन् ।

महालक्ष्मी विकास बैंकमार्फत सवारी कर्जा लिन चाहाने ग्राहकहरुले स्टल नं. एन हल नं. ०४ मा गई सम्पर्क गर्न सक्नेछन् । बैंकले विद्युतीय तथा अन्य निजी तथा व्यापारीक सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुको लागि सहज, सरल र प्रतिस्पर्धी वित्तीय सेवा प्रदान गर्नेछ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले प्रत्येक वर्ष सहभागिता जनाउँदै आएको छ ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको विकास बैंकले हालै मात्र काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।