२८ आश्विन २०८३, बुधबार

‘कफी विथ करण’को ९ औं सिजनको पहिलो गेस्ट सलमान खान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । करण जोहरको कार्यक्रम ‘कफी विथ करण’ सधैं चर्चामा रहन्छ । अहिले यस कार्यक्रमको नवौं सिजनबारे चर्चा सुरु भइसकेको छ । कार्यक्रममा सम्भावित अतिथिका रूपमा धेरै चर्चित नामहरू अघि आइरहेका छन् । विभिन्न रिपोर्टहरूका अनुसार सलमान खान यसका पहिलो अतिथि हुने भएका छन् ।

‘भेराइटी’को एक रिपोर्ट अनुसार सलमान खानले करण जोहरको शोको पहिलो अर्थात प्रिमियर एपिसोडमा आफ्नो उपस्थिति पक्का गरेका छन् । उनी उक्त शोमा एक्लै उपस्थित हुनेछन् र यो शो अक्टोबरदेखि नोभेम्बरको बीचमा प्रसारण हुनेछ ।

यसपटकको शोमा धेरै चर्चित अतिथिहरू देखा पर्नेछन् । ‘दिल चाहता है’को टोलीका आमिर खान, सैफ अली खान, फरहान अख्तर र अक्षय खन्ना पनि यसमा सहभागी हुन सक्छन् । साथै, दिलजित दोसाँझ र विक्की कौशलसँगै शोमा आउने खबर पनि छ ।

यसैबीच, कृति सेनन र वरुण धवनको जोडी पनि शोमा देखिन सक्छ । यसका साथै, विजय देवरकोन्डा र रश्मिका मन्डन्ना पनि यो कार्यक्रममा सँगै देखिन सक्छन् । अन्य अतिथिहरूको कुरा गर्दा समय रैना, फराह खान, करिना कपुर, काजोल, जया बच्चन, अहान पाण्डे र अनित पाड्डाजस्ता कलाकारहरू यस कार्यक्रममा सहभागी हुने भएका छन् । यो कार्यक्रम बलिउडका सर्वाधिक चर्चामा रहेका ‘टक शो’हरूमध्ये एक हो ।

‘कफी विथ करण’को पहिलो सिजन सन् २००४ मा सुरु भएको थियो । हालसम्म यस कार्यक्रमका आठवटा सिजन प्रसारण भइसकेका छन् । यो कार्यक्रम विभिन्न समयमा विवादमा पनि तानिएको छ । अहिले दर्शकहरू यसको नयाँ सिजनलाई लिएर उत्साहित छन् ।

करण जोहरले सन् २०२६ का लागि ‘अक्युज्ड’, ‘ब्याह करातारे दा’ र ‘चाँद मेरा दिल’ गरी तीनवटा चलचित्र निर्माण गरेका छन् । यीमध्ये ‘चाँद मेरा दिल’ रोमान्स विधाको चलचित्र हो, जसमा अक्षय र अनन्या पाण्डे मुख्य भूमिकामा छन् । यसका साथै, करण जोहरको कार्यक्रम ‘द ट्रेटर्स’ले पनि निकै चर्चा बटुलिरहेको छ । यस कार्यक्रममा श्वेता तिवारी, मल्लिका शेरावत, मुनव्वर फारुकी, रिया चक्रवर्ती, अभिषेक मल्हान, क्रिस्टल डिसुजा, दिलीप ताहिल, रणवीर ब्रार, पारुल गुलाटी र शालिनी पासीजस्ता कलाकारहरू समावेश छन् र दर्शकहरूले यसलाई निकै रुचाएका छन् ।