२८ आश्विन २०८३, बुधबार

होबार्टमाथि ३९ रनको जितसँगै नेपालले टप एन्ड टी-२० मा खाता खोल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ । डार्विनस्थित मारारा क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले हराएको हो ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो । जवाफमा होबार्टको टोली १८.३ ओभरमा ११५ रनमै अलआउट भयो ।

नेपालका लागि कुशल भुर्तेलले ३४ बलमा ३९ रन बनाए । मयन यादवले ३१, कप्तान अनिल साहले २८ तथा लोकेश बमले अविजित २० रनको योगदान दिए ।

बलिङतर्फ नारायण जोशी नेपालका लागि नायक बने । उनले २ ओभरमा केवल ८ रन खर्चेर ३ विकेट लिए । पवन सर्राफ र शाह आलमले समान २ विकेट हात पारे ।

लक्ष्य पछ्याउने क्रममा होबार्टका ब्याटरले सुरुवातमा केही प्रतिरोध गरे पनि नेपाली बलरले नियमित अन्तरालमा विकेट निकाल्दै दबाब कायम राखे । अन्ततः टोली ११५ रनमा सीमित भयो ।

यसअघि नेपालले प्रतियोगितामा लगातार तीन खेल गुमाएको थियो । होबार्टविरुद्धको जितसँगै नेपालले प्रतियोगितामा आफ्नो पहिलो सफलता हात पारेको छ ।