काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गर्दै विशेष उपभोक्ता प्रवर्द्धन योजना सार्वजनिक गरेको छ ।
‘चाडपर्वको उमङ्ग, लण्डन घुमौँ जस्मिन पेन्ट्ससँग’ भन्ने अभियानअन्तर्गत जस्मिन पेन्ट्सका उपभोक्ताले आकर्षक उपहारसँगै लक्की ड्रमार्फत लण्डन टूर (भ्रमण) जित्ने अवसर प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार यो योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ । योजनामा सहभागी हुन उपभोक्ताले जस्मिन पेन्ट्सका आधिकारिक डिलर वा विक्रेतामार्फत न्यूनतम ७५,००० रुपैयाँ बराबरका कम्पनीका उत्पादनहरू खरिद गर्नुपर्नेछ । प्रत्येक ७५,००० रुपैयाँ को खरिदमा उपभोक्तालाई लक्की ड्र कुपन प्रदान गरिनेछ ।
लक्की ड्रमार्फत १ जना भाग्यशाली विजेताले ४ रात ५ दिनको लण्डन टूर, ५ जनाले ८ केजी फ्रन्ट लोडिङ स्वचालित वासिङ मेसिन, ३५ जनाले ३ लिटर विद्युतीय प्रेसर कुकर, १२५ जनाले ३ जार मिक्सर ग्राइन्डर, १७५ जनाले हट वाटर केटल तथा ७५० जनाले आकर्षक वाल क्लक जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
जस्मिन पेन्ट्सले यस अभियानमार्फत नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ सुदृढ गर्दै चाडपर्वको खुसीलाई थप विशेष बनाउने लक्ष्य राखेको जनाएको छ । घरलाई नयाँ रङले सजाउने उपभोक्ताले आफ्नो खरिदसँगै आकर्षक उपहार जित्ने अवसर समेत प्राप्त गर्ने भएकाले यो योजना चाडपर्वको तयारीलाई अझ उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ ।
योजनामा सहभागी उपभोक्ताले खरिद गरेको पसलबाट कुपन प्राप्त गरी कुपनमा रहेको क्यूआर कोड स्क्यान गरेर आवश्यक विवरण भर्नुपर्नेछ । लक्की ड्रबाट विजेता घोषित भएपछि उपहार दाबी गर्न सक्कल कुपन र आधिकारिक परिचयपत्रसहित कम्पनीका प्रतिनिधिसँग सम्पर्क गर्नुपर्नेछ । विजेताले विजेता घोषणा भएको मितिले १५ दिनभित्र उपहार दाबी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
लक्की ड्रमार्फत विजेताको घोषणा प्रत्यक्ष प्रसारणमार्फत गरिनेछ । उपहारमा नेपाल सरकारको प्रचलित नियमअनुसार कर कट्टी गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार योजनासम्बन्धी कुनै विवाद वा द्विविधा उत्पन्न भएमा अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा निहित रहनेछ ।
‘नेपाली मनको रङ्ग’ भन्ने आफ्नो भावनालाई आत्मसात् गर्दै जस्मिन पेन्ट्सले नेपाली परिवारको खुसी, चाडपर्वको उमङ्ग र घरको नयाँपनसँग जोडिन यस अभियानलाई अघि बढाएको जनाएको छ ।
योजनासम्बन्धी थप जानकारीका लागि कम्पनीको फ्री टोल नम्बर ९८०१५७११६६ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।











प्रतिक्रिया