२८ आश्विन २०८३, बुधबार

पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छिन् ।

स्वास्थ्यमा समस्या आएपछि उनी थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएकी हुन् । अस्पतालका अनुसार ९९ वर्षीया शाहलाई फ्लु देखिएको हो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ ।

भोलिसम्म चिकित्सकको निगरानीमा राखेर डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालले जानकारी दियो ।