२८ आश्विन २०८३, बुधबार

हावा काठमाडौंमै थियो, स्याउ फलेको छैन, प्रधानमन्त्री के खान मुस्ताङ जानुभएको ? : हर्क साम्पाङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणमाथि प्रश्न उठाएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री मन्त्रीपरिषद्, संसदलाई जानकारी नदिई मुस्ताङ गएकामा आपत्ति जनाएका हुन् । उनले देश बाढी पहिरोको बितण्डामा रहेका बेला प्रधानमन्त्री के का लागि मुस्ताङ गएका हुन् संसदमा जवाफ दिनुपर्ने माग गरे ।

“उहाँ मन्त्रिपरिषद्, संसदलाई सूचना नदिइ जानुभएको ? के खान जानुभएको ? हावा थेन भने काठमाडौंमा हावा छ । मुस्ताङमा स्याउ पनि फलेको थिएन होला अहिले,” साम्पाङले भने, “के चाख्न जानुभएको हो, त्यो भन्नुपर्छ । सदनमा जवाफ दिनुपर्छ ।”

सांसद राईले विपद्का कारण मुलुक आक्रान्त भइरहेका बेला सुनसरीको बराहक्षेत्रमा कोशी नदीको कटानबाट खेतीयोग्य जमिन नष्ट भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले कोशी ब्यारेजका ५६ वटा ढोका नखोलिँदा बाढीका समयमा समस्या बढिरहेको दाबी गरे ।

उनले भने, ‘विपद्ले मुलुक आक्रान्त छ । सुनसरीको बराहक्षेत्रमा कोशी कटानले गर्दा त्यहाँ विघौँ–विघा खेतीयोग्य जमिन काटिएर नाश भइरहेको छ । त्यसतर्फ सरकारले के गर्नुपर्ने हो, तुरुन्त गर्नुपर्छ । त्यसको मूल कारण मैले बुझ्दा कोशी ब्यारेजका ५६ वटा ढोका जुन हामीले बन्द गरेर राख्छौँ । त्यो ५६ वटा खोल्ने साँचो कोसँग छ रु त्यो किन नखोल्ने रु जहिले पनि बाढीपहिरो आउँछ, सप्तकोशीलाई थुनेर राखेर सालैपिच्छे हाम्रो खेतीयोग्य जमिन डुबान हुने गरेको छ । यसतर्फ सरकारले तुरुन्तै एक्सन लिनुपर्छ ।’

यस्तै अर्को प्रशंगमा उनले कानून गोजीमा राखेर अपराधीहरू हिँड्ने गरेको टिप्पणी गर्दै ‘नेपालको कानुन कमजोर कि कानुन चलाउने मान्छे ?’ भनेर प्रश्न गरे। ‘हाम्रो देशको कानुन कमजोर कि कानुन चलाउने मान्छे ?,’ साम्पाङले प्रश्न गरे, ‘गाडी बिग्रेकोको कि गाडी चलाउने मान्छेले चलाउन नजानेको ?’

स्वीस बैंकमा भ्रष्ट नेताहरूले राखेको पैसा धेरै नै रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तले नै भनेको पनि स्मरण गरे ।

‘स्वीस बैंकमा रहेको पैसा पनि फिर्ता गर्न सक्दैनौं हामी । विदेशमा रोजगारीको सिलसिलामा गएका मानिसहरू, नेपाली नागरिकहरूको मृत्यु त्यता हुन्छ । उनीहरूको शव पनि नेपाल ल्याउन सक्दैनौं । यस्तोसम्म लाचार भएर बाँच्नुपरेको छ’, उनले भने ।