झापा । श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ भने आफू पेटिकोट लगाएर बिर्तामोड बजारमा समेत हिँड्न तयार रहेको बताएका छन्।
शनिबार झापामा आयोजित श्रम संस्कृति पार्टीको कार्यक्रममा बोल्दै किरातीले देशको हितका लागि पार्टी अध्यक्षको तस्बिर अंकित भेस्ट र पेटिकोट लाउन तयार रहेको बताएका हुन् ।
‘हाम्रो अध्यक्षको फोटो अंकित भेस्ट त के, यो देशका जनताको मुक्ति हुन्छ भने, देशको हित हुन्छ भने म पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु,’ उनले भने, ‘मेरो पदको लागि होइन, आफ्नो हितको लागि होइन। मेरो देशको हित हुन्छ भने म पेटिकोट लगाएर हिँड्न तयार छु।’
देशको हित हुँदेन भने टाइसुट लगाएर हिँड्नुको कुनै अर्थ नरहेको उनको भनाइ थियो। ‘देशको हित हुँदैन भने टाइसुट लगाएर पनि केही हुँदैन। त्यसैले देशको हितका लागि अध्यक्षको फोटो अंकित पेटिकोट लगाउन पनि म तयार छु,’ उनले भने।











प्रतिक्रिया