२८ आश्विन २०८३, बुधबार

लगानीको वातावरणमा सुधार नआए स्वदेशी पुँजीसमेत पलायन हुनसक्छ : अध्यक्ष अग्रवाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको आर्थिक नीतिहरू कर्मचारीतन्त्रका कारण जटिल बन्ने गरेको बताएका छन् ।

आइतबार नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच आयोजित समझदारी पत्र (एमओयू) हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले नेपालमा प्राकृतिक स्रोत र सम्भावना प्रचुर भएपनि सही आर्थिक नीतिको कार्यान्वयन हुन नसक्दा मुलुकले अपेक्षित गति लिन नसकेको बताएका हुन् ।

उनले कानूनी सुधारका नाममा हुने ढिलासुस्ती र प्रशासनिक झमेलाले संसदबाट पारित भएका कानुनहरूलाई कर्मचारीतन्त्रले नियमावली र कार्यविधिको नाममा उल्ट्याउने गरेको आरोप लगाए ।

अध्यक्ष प्राकृतिक स्रोत र सम्भावनाका आधारमा नेपाल दक्षिण एशियाकै उच्च प्रतिव्यक्ति आय भएको मुलुक हुनुपर्नेमा नीतिहरू राम्रा भएपनि सरकारको नियत र कार्यान्वयनको पक्ष फितलो हुँदा पछि परेको स्पष्ट पारे ।

‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने भावनालाई आत्मसात गर्दै विश्वभर छरिएर रहेका नेपालीहरूको पुँजी, ज्ञान, सीप र प्रविधिलाई मुलुकको विकाससँग जोड्नुपर्नेमा उनले जोड दिएका छन् ।

अध्यक्ष अग्रवालले लगानीको वातावरणमा सुधार नआए स्वदेशी पुँजीसमेत पलायन हुनसक्ने चेतावनी दिए ।