२८ आश्विन २०८३, बुधबार

पिसाब फेर्न गाडीबाट ओर्लिँदै गरेका आमाछोरीको अर्को गाडीको ठक्करबाट मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूकुम । रुकुम पश्चिममा गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ।

आइतबार बिहान सानीभेरी गाउँपालिका-८ एकान्तस्थित मध्यपहाडी सडकखण्डमा भे.१ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिँदा आमाछोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका-४ बलेटक्चाकाकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका छिन्।

उनीहरू क.प्र.०२००१ ख १०७० नम्बरको गाडीबाट पिसाब फेर्न निस्किँदै गर्दा माइक्रोले ठक्कर दिएको हो ।

प्रहरीले गाडी र चालक सानीभेरी गाउँपालिका– ३ चौखेका २२ वर्षीय अम्मर विकलाई पक्राउ गरेको छ।