२८ आश्विन २०८३, बुधबार

बारामा २ वर्षीया बालिका बेपत्ता, खोजी कार्य जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–दिपेश पौडेल

रौतहट । बाराको कलैया उपमहानगरपालिका–१ स्थित कट्टी पर्सा टोलबाट २ वर्षीया बालिका बेपत्ता भएकी छन् ।

स्थानीय मुकेश मण्डलकी अन्दाजी २ वर्षीया छोरी बिन्दी मण्डल शनिबार साँझ ५ बजेदेखि बेपत्ता भएकी हुन् ।

बालिका हराएलगत्तै परिवार र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय बारालाई खबर गरिएको थियो ।

घटनाको गम्भीरता र संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरसहितको सुरक्षा निकायको टोली कार्यक्षेत्रमा खटिएको छ । बालिका हराएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी प्रमुख एसपी कुँवर आफैँ टोली लिएर घटनास्थल पुगेका छन् ।

खोजी कार्यलाई थप प्रभावकारी र प्राविधिक रूपमा सुदृढ बनाउन प्रहरीको विशेष टोली र तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको छ ।

प्रहरी टोलीले कट्टी पर्सा टोल, यसका वरपरका क्षेत्र, सम्भावित गल्लीहरू र झाडीहरूमा सघन रूपमा खानतलासी गरिरहेको जनाएको छ ।