काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफूहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
शनिबार विराटनगरमा प्रेस चौतारी नेपाल मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले आफूहरु अहिले पार्टीलाई पुरानै अवस्थामा फर्काउन पुनर्सरचना र पुनर्गठनको प्रक्रियामा रहेको भन्दै ओलीलाई अध्यक्षबाट हटाउने पक्षमा नरहेको बताएका हुन् ।
पार्टी नेतृत्व परिवर्तन सामाजिक सञ्जालको बहस, सार्वजनिक टिकाटिप्पणी वा बाहिरी छलफलबाट नहुने उनले बताए । उनले एमालेको महाधिवेशन कहिले हुने भन्ने निर्णय गर्ने पूर्ण अधिकार पार्टीको केन्द्रीय कमिटीसँग मात्र रहेको धारणा राखे ।
पार्टीमा रूपान्तरण आवश्यक रहेको स्वीकार गर्दै उनले जनतासँगको सम्बन्ध पुनः जोड्न र कार्यकर्ताको मनोबल बढाउन पार्टीभित्र छलफल भइरहेको तथा यसका लागि कार्यदल गठन गरिएको जानकारी दिए ।
त्यस्तै, महासचिव पोखरेलले लोकतन्त्र र संविधानको रक्षाका निम्ति संसद्भित्र तथा बाहिर रहेका संविधान निर्माता दलहरूसँग सहकार्यको प्रयास भइरहेको उल्लेख गरे ।
पोखरेलले प्रधानमन्त्री बालने साहको स्वेच्छाचारी र अधिनायकवादी कार्यशैलीलाई रोकी लोकतन्त्रलाई सही मार्गमा ल्याउन राष्ट्रपतिसँग पनि संवाद गरिने उल्लेख गरे । प्रधानमन्त्री साहले संसदीय लोकतन्त्रका आधारभूत स्तम्भहरूको उपेक्षा गरेको र संसद्प्रति उत्तरदायी नबनेको पोखरेलले बताए ।











प्रतिक्रिया