२८ आश्विन २०८३, बुधबार

पोखराबाट मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) शनिबार पोखराबाट मुस्ताङतर्फ लागेका छन् ।

आज बिहान पहिरोले अवरुद्ध भएको सडक सञ्चालनमा आएसँगै उनी पोखराबाट मुस्ताङतर्फको यात्रामा निस्किएको बताइएको छ ।

साह शुक्रबार काठमाडौंबाट सडकमार्गबाट पोखरा आएका थिए । पोखराको अन्नपूर्ण इको भिलेज रिसोर्टमा उनी बास बसेका थिए ।

प्रहानमन्त्री साह शुक्रबारबाट निजी भ्रमणमा निस्किएका हुन् ।

प्रधानमन्त्री साह मुस्ताङ पुगेर मुक्तिनाथ दर्शन गर्ने कार्यक्रम रहेको बताइए पनि आधिकारिक पुष्टि छैन ।