२८ आश्विन २०८३, बुधबार

‘रहमान डकैत’बाट अक्षय खन्ना असुरका गुरू ‘शुक्राचार्य’मा भए परिणत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । ‘धुरन्धर’मा डाँकु रहमानको भूमिकामा दर्शकहरूको मन जितेका अक्षय खन्ना अब ‘महाकाली’मा शुक्राचार्यको भूमिकामा देखिने भएका छन् ।

लामो सेतो दाह्री । टाउकोको टुप्पोमा बाँधिएको जटाजुुट । निधारमा तिलक र अनुहारमा रहस्यमय तेज । पहिलो नजरमा यो चिन्नै गाह्रो हुन्छ कि उनी तिनै अक्षय खन्ना हुन् जसले ‘धुरन्धर’मा डाँकु रहमानको रूपमा पर्दामा त्रास फैलाएका थिए ।

अक्षय खन्नाको आगामी भूमिका कुनै ग्याङस्टरको होइन । यसपटक उनी पौराणिक कथाका सबैभन्दा ज्ञानी र शक्तिशाली ऋषिहरूमध्ये एक ‘शुक्राचार्य’को भूमिकामा देखिँदैछन् ।

प्रशान्त वर्मा सिनेम्याटिक युनिभर्सअन्तर्गतको चलचित्र ‘महाकाली’को पहिलो झलक सन् २०२६ को अगस्ट २४ मा सार्वजनिक गरिनेछ । निर्माताहरूले यसलाई ‘द एन्ड बिगिन्स’ अर्थात् ‘अन्त्यको सुरुवात’ भन्ने रहस्यमय ट्यागलाइनका साथ प्रस्तुत गरेका छन् ।

यस चलचित्रमा भूमि शेट्टी र रोहित सराफ पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन् ।

अक्षय खन्नाको नयाँ रूपले इन्टरनेटमा निकै चर्चा बटुलिरहेको छ । यद्यपि, यस रूपको पछाडि रहेको पौराणिक पात्रको कथा अझ बढी रोचक छ । शुक्राचार्यलाई केवल असुरहरूका गुरुका रूपमा मात्र हेर्नु ठूलो भूल हो । नयाँ पुस्ताका लागि शुक्राचार्यको परिचय प्रायः एउटै वाक्यमा सीमित गरिन्छ, उनी असुरहरूका गुरु थिए । यो अपूरो विवरणले उनलाई एक खलनायकका रूपमा चित्रण गर्छ ।

पुराण र महाभारतका कथाहरूमा चित्रित उनको व्यक्तित्व अत्यन्त गहिरो र प्रभावशाली छ । शुक्राचार्यलाई ऋषि भृगुका पुत्र मानिन्छ, खासमा उनी काव्य र उशना नामले पनि चिनिन्थे । यद्यपि उनी असुरहरूका गुरु थिए तथापि उनी कुनै पनि हालतमा अधर्मका पक्षधर थिएनन् । उनी आफ्ना शिष्यहरूप्रति पूर्ण रूपमा समर्पित गुरु थिए । साथै, उनी एक दृढ तपस्वी, कुशल रणनीतिकार र मन्त्र विद्याका महान् ज्ञाता थिए ।

देवताहरूका गुरु बृहस्पति थिए भने असुरहरूले शुक्राचार्यलाई आफ्नो मार्गदर्शकका रूपमा चुनेका थिए । दुई पक्षबीचको द्वन्द्व केवल शक्तिको परीक्षण मात्र थिएन, ती दुई महान् गुरुहरूको बुद्धि र रणनीतिको पनि आपसमा प्रतिस्पर्धा हुन्थ्यो । उनै असुरहरूका गुरू शुक्राचार्यको भूमिकामा अक्षय खन्ना देखिन लागेका हुन् ।