काठमाडौं । बंगलादेशको नयाँ राष्ट्रपतिमा सत्तारुढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का उम्मेदवार मिर्जा फखरुल इस्लाम आलमगिर निर्वाचित भएका छन् ।
मिर्जा बंगालादेशको २३ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
मिर्जाले २५५ मत प्राप्त गरे भने विपक्षी गठबन्धनका उम्मेदवार ओली अहमदले ८८ मत पाए ।
आज दिउँसो २ बजेदेखि ५ बजेसम्म संसद् भवनमा राष्ट्रपतिको निर्वाचनका लागि मतदान भएको थियो ।
मतदान सकिएलगत्तै मतगणना सुरु भयो र नतिजा सार्वजनिक गरिएको थियो । निर्वाचनमा कुल ३४९ जना सांसदले मतदान गरेका थिए ।
संसद्मा बीएनपीको दुई तिहाइ बहुमत रहेकाले मिर्जाको जित सुरुदेखि नै निश्चित मानिएको थियो ।
बंगलादेशमा ३५ वर्षपछि राष्ट्रपति पदका लागि प्रत्यक्ष निर्वाचन भएको हो ।
सन् १९९१ यता पहिलोपटक राष्ट्रपति पदका लागि दुई उम्मेदवारहरू आमनेसामने भएका थिए । यसअघिका वर्षहरूमा राष्ट्रपतिको निर्वाचन प्रायः निर्विरोध रूपमा टुंगिने गरेको थियो ।













प्रतिक्रिया