२८ आश्विन २०८३, बुधबार

एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली सुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनएमबि बैंकले आफ्नो डिजिटल रुपान्तरणको यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ । यस नवीन व्यवस्थासँगै ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् ।

नयाँ डिजिटल पोर्टलमार्फत ग्राहकहरूले जुनसुकै स्थान वा उपकरणबाट सजिलै कर्जाको लागि आवेदन दिन र आफ्नो आवेदन कुन चरणमा पुगेको छ भनी ‘रियल–टाइम’मा ट्र्याक गर्न सक्नेछन् । यसले कर्जा स्वीकृत हुने समय घटाउनुका साथै सम्पूर्ण प्रक्रियालाई पारदर्शी, सरल र वातावरणमैत्री बनाउने बैंकको विश्वास छ ।

अनलाइन कर्जा आवेदन दिन पोर्टलको ‘लोन सर्भिस’मा गई ‘एक्सप्लोर प्रडक्ट्स’मा क्लिक गरेर आवश्यक विवरण भरेपछि अनलाइन लोन ट्र्याकिङ आईडी प्राप्त हुनेछ । उक्त आईडी प्रयोग गरी कर्जा आवेदनको स्थिति सोझै हेर्न सकिने बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।