काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कारबाही गरेको छ ।
आज बसेको सचिवालय बैठकले थापालाई पार्टी सदस्यबाट निलम्बन गर्दै प्रद्येश सांसदबाट पनि पदमुक्त गर्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रको निर्णय विपरीत थापाले बागमती प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेसँगै पार्टीले उनलाई कारबाही गरेको हो । बैठकमा नेता कमल थापाले भने थापालाई कारबाही गर्न नहुने बताएका थिए ।
उनले कारबाही गर्ने निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।













प्रतिक्रिया