२८ आश्विन २०८३, बुधबार

इरानविरुद्ध अहिलेसम्मकै ठूलो आर्थिक कारबाही गर्ने ट्रम्पको घोषणा, तेहरानलाई सहयोग गर्ने देशहरूलाई गराए सचेत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा आर्थिक कारबाही गर्ने घोषणा गरेका छन् ।

ट्रम्पले इरानलाई अमेरिकासँग सम्झौता गर्ने सबैभन्दा ठूलो अवसर दिइएको भए पनि तेहरानले त्यसलाई खेर फालेको दाबी गरेका हुन् । साथै, अब इरानले आर्थिक एक्लोपनको सामना गर्नुपर्ने उनले बताए ।

ट्रम्पले इरानले उक्त अवसरको सदुपयोग गर्न नसकेको र अब उसविरुद्ध अहिलेसम्मकै सबैभन्दा कडा आर्थिक कारबाही गर्ने घोषणा गरे । उनले इरानको नौसेना समाप्त भइसकेको र वायुसेना पनि ध्वस्त भइसकेको तथा सैन्य कारखानाहरू भग्नावशेषमा परिणत भएको दाबी गरे ।

इरानको मुद्रा मूल्यहीन बनेको र इरान अत्यन्त कमजोर अवस्थामा पुगेको ट्रम्पको दाबी छ ।

यस्तै, ट्रम्पले इरानलाई सहयोग गर्ने देश तथा संस्थाहरूविरुद्ध पनि कारबाही गरिने चेतावनी दिए ।

ट्रम्पले इरानलाई जुनसुकै प्रकारको आर्थिक सहयोग उपलब्ध गराउने मुलुकले पनि गम्भीर आर्थिक परिणामको सामना गर्नुपर्ने बताए । उनका अनुसार यसमा वित्तीय संस्थाहरू, व्यावसायिक प्रतिष्ठानहरू, विमानस्थलहरू र सरकारी निकायहरू समेत समावेश छ ।

ट्रम्पले उनीहरूले इरानलाई सघाउने तेलको तस्करी, स्वैप लाइन (मुद्रा विनिमय सम्झौता), नगद कारोबार, विनिमय केन्द्र, जहाज दर्ता र शेल कम्पनी (नाममात्रका कम्पनी)को सञ्चालन तत्काल रोक्न सचेत गराएका छन् ।