सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट मन्त्री बनेका तीनजना मन्त्रीले शपथ लिएका छन् ।
प्रदेश प्रमुख यज्ञराज जोशीले टेकराज पछाई, जितबहादुर मल्ल र कलबहादुर हमाललाई शपथ गराएका हुन् ।
पछाईले आर्थिक मामिला तथा योजना मन्त्रालय, मल्लले सामाजिक विकास मन्त्रालय र हमालले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
कर्णालीमा एमाले र नेकपाबीच नयाँ सत्ता सहकार्य भएको छ । जसमा नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्री पाएको छ । नेकपाबाट भने मन्त्री नियुक्त हुन बाँकी छ ।













प्रतिक्रिया