१ कार्तिक २०८३, शनिबार

सभामुखको रुलिङपछि संसदमा जवाफ दिन जाने तयारीमा प्रधानमन्त्री बालेन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लामो समयदेखि प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहँदै आएका प्रधानमन्त्री वालेन्द्र शाह अब संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने तयारीमा छन्।

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गरेपछि शाह आगामी भदौ १० गते प्रतिनिधिसभाको बैठकमा सहभागी हुने भएका हुन्।

प्रधानमन्त्री बनेयता सदनमा अपेक्षित उपस्थिति नजनाएको, नेपाल–भारत भूमिका बारेमा बोलेको विवादित अभिव्यक्तिको जवाफ नदिएको भन्दै विपक्षीले निरन्तर विरोध गर्दै आइरहेका छन् ।

प्रधानमन्त्री शाहले यसअघि जेठ १७ गते प्रतिनिधिसभामा उपस्थित भएर सम्बोधन गरेका थिए। जसमा उनले नेपालले भारतको भूमि मिचेको छ भन्ने विवादित अभिव्यक्ति दिएका थिए । त्यसपछि असार ३० गते पार्टी सभापति रवि लामिछानेसँगै संसद् भवन पुगेका शाह करिब २० मिनेट बसेर बाहिरिएका थिए। उक्त दिन पनि उनले सदनमा सम्बोधन गरेनन्।

सभामुख अर्यालले पटक–पटक प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन आग्रह गरे पनि त्यसको कार्यान्वयन नभएपछि मंगलबार औपचारिक रूपमा रुलिङ गरेका हुन्।