१ कार्तिक २०८३, शनिबार

राप्रपाले सोध्यो उद्धव थापालाई स्पष्टीकरण

आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकियो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती देश संसदीय दलका नेता उद्धव थापालाई स्पष्टीकरण सोधेको छ ।

थापाले बागमती प्रदेश सरकारमा एमालेलाई सघाउने निर्णय गरेपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको हो ।

आजै पार्टीको अनुशासन समितिको बैठक बसेर १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न समय दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यस्तै पार्टीले भोलि केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक पनि बोलाएको छ।