काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा बुधबार बागमती प्रदेशअन्तर्गत आ.व २०८२/८३ का एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । भक्तपुरमा आयोजित कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका विभिन्न शाखाका एडीएम, उत्कृष्ट अभिकर्ता, शाखा प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी तथा क्षेत्रीय प्रबन्धकहरू सनत सत्याल, मुरारी प्रसाद तिवारी र आलोक खड्का लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य क्षेत्रीय प्रबन्धक आलोक खड्काले व्यक्त गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने एडीएम तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्ताहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । साथै, एमडीआरटी हासिल गर्न सफल अभिकर्ताहरूलाई समेत विशेष सम्मान गरिएको थियो । सम्मानित अभिकर्ताहरूलाई आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादन गर्न प्रोत्साहित गर्दै कम्पनीले अभिकर्ताको योगदानलाई उच्च प्राथमिकतामा राखेको सन्देश दिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख बजार अधिकृत गणेश चौलागाईंले बागमती प्रदेशका अभिकर्ताहरूले उत्कृष्ट कार्यसम्पादन गर्दै कम्पनीको व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याएकोमा बधाई तथा शुभकामना व्यक्त गरे । उनले आगामी दिनमा पनि अभिकर्ताहरूले अझ उत्कृष्ट नतिजा हासिल गर्नसक्ने विश्वास व्यक्त गर्दै कम्पनीले अभिकर्तामुखी विभिन्न कार्यक्रम, योजना तथा प्रोत्साहनमूलक स्किमहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा समेत अभिकर्ताको सेवा–सुविधा तथा व्यवसायिक विकासमा थप ध्यान दिने बताए ।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सन नेपाल लाइफले आफ्नो छुट्टै पहिचान तथा व्यवसायिक छवि निर्माण गर्न सफल भएको उल्लेख गर्दै यस उपलब्धिको महत्वपूर्ण श्रेय कम्पनीका सम्पूर्ण अभिकर्ता तथा एजेन्सी सञ्जालको मेहनत, लगनशीलता र योगदानलाई जाने बताए । उनले आगामी दिनमा पनि अभिकर्ताहरूलाई थप सशक्त, सक्षम र व्यावसायिक बनाउँदै कम्पनीको यात्रालाई अझ मजबुत रूपमा अगाडि बढाइने विश्वास व्यक्त गरे । उनले बागमती प्रदेश जीवन बीमाको व्यवसाय विस्तारका दृष्टिले महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै अभिकर्ताहरूको सक्रियता र नेतृत्व क्षमताले कम्पनीलाई थप उचाइमा पुर्याउने बताए ।
कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका विभिन्न शाखाका एडीएम, उत्कृष्ट अभिकर्ता, एमडीआरटी एचिभर्स, शाखा प्रमुख, रेजिनल म्यानेजर तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमले अभिकर्ताहरूबीच आपसी सम्बन्ध, नेतृत्व विकास, उत्प्रेरणा तथा व्यवसायिक क्षमता अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको सहभागीहरूले बताएका छन् ।
सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा विस्तार गर्दै आएको छ । कम्पनीले अभिकर्ता सञ्जाललाई थप सशक्त बनाउँदै बीमाको पहुँच विस्तार, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यवसायिक विकासलाई प्राथमिकतामा राखेर आफ्नो यात्रा निरन्तर अगाडि बढाइरहेको जनाएको छ ।













प्रतिक्रिया