काठमाडौं । नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा बादलले भदौमा जेनजी आन्दोलनका क्रममा लुटिएको हतियार तिब्बतको गुम्बामा लुकाइएको आशंका गरिएको बताएका छन् ।
आजको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले तिब्बतका गुम्बा ठूलो मात्रामा शक्ति सङ्ग्रह भइरहेको बताएका हुन् ।
उनले भने, ‘कतिपय शोधकर्ताहरूले तिब्बती गुम्बाहरूमा ठूलो मात्रामा शक्ति सङ्ग्रह भइरहेको दाबी गरेका छन्। कतिपयले त भदौमा लुटिएका हतियारहरू त्यहाँ लुकाइएको समेत आशङ्का गरेका छन्। स्मरण रहोस्, निर्वासित तिब्बतीहरूलाई नेपालको मानवीय आधारमा शरण दिएको हो। उनीहरूलाई राजनीतिक शरणार्थीको रूपमा कहिल्यै मान्यता दिइएको छैन।’
यस्तै सरकारले दलाई लामाको जन्मोत्सव मनाउने बहानामा खुलेआम राजनीतिक चलखेल गर्न अनुमति दिएको उनको भनाइ छ । सत्ता परिवर्तनमा स्वयं दलाई लामाले बधाई–शुभकामना दिएका समेत उनले स्मरण गराए ।
उनले भने, ‘हालै सरकारले टीओबी तथा पश्चिमी कूटनीतिज्ञहरूलाई दलाई लामाको जन्मोत्सव मनाउने बहानामा खुलेआम राजनीतिक चलखेल गर्न अनुमति दिएको छ। स्मरण रहोस्, गत भदौमा भएको सत्ता परिवर्तनमा स्वयं दलाई लामाले बधाई–शुभकामना दिएका थिए र भदौको विध्वंसमा टीओबीहरूले अग्रपङ्क्तिमा ताण्डव नृत्य प्रदर्शन गरेका थिए। उक्त घटनाप्रति चीन सरकारको गम्भीर चासो तथा चेतावनी व्यक्त भएको थियो।’













प्रतिक्रिया