२८ आश्विन २०८३, बुधबार

यो सरकारको शक्तिको स्रोत तीन ‘ए’ अर्थात आर्मी, अल्गोरिदम र अमेरिका हो : बादल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले अहिलेको सरकारको शक्तिको स्रोत अमेरिका रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गदै्र्र उनले सरकारको शक्तिको स्रोत तीन ‘ए’ भएको बताएका हुन् ।

‘यो सरकारको शक्तिको स्रोत तीन ए अर्थात आर्मी, अल्गोरिदम र अमेरिका हो,’ बादलले भने।

सरकारको पछिल्ला ‘जनविरोधी’ कामले प्रधानमन्त्री शाहको शक्ति क्षय हुँदै गएको उनको भनाइ थियो।

‘अब पपुलिज्मको नशा, अल्गोरिदमको जादू, अपर्चुनिज्मको भ्रम र तीन ए को शक्ति क्रमशः क्षिण हुँदै गएको छ,’ बादलले भने।