२८ आश्विन २०८३, बुधबार

कर्णालीमा एमाले र नेकपाबीच मन्त्रालयको भागबण्डा, कसलाई कुन-कुन ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच मन्त्रालयको भागबण्डा टुंगिएको छ । दुई दलबीच मन्त्रालयका विषयमा लिखित सहमति भएको हो ।

सहमति अनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउनेछ ।

सहमतिअनुसार नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउनेछ भने एमालेले भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय सम्हाल्ने भएको हो ।