काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का किरण थापा मगरले दाबी पेश गरेका छन्।
बुधबार नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा थापाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेश गरेका हुन्। राप्रपाको साथ पाएसँगै थापाले दावी पेश गरेका हुन् ।
यसअघि एमाले र नेकपाले मात्रै दावी पेशका लागि बहुमत पुगेको थिएन ।
यसअघि इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए।













प्रतिक्रिया