१ कार्तिक २०८३, शनिबार

प्रहरीले फेरि पक्राउ गर्न खोजेपछि पत्रकार किशोर श्रेष्ठले उच्च अदालतमा दिए निषेधाज्ञाको निवेदन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले उच्च अदालत ललितपुरमा निवेदन दिएका छन् ।

प्रहरीले आफूलाई पुनः पक्राउ गर्न खोजेको भन्दै उनले निषेधाज्ञाको आदेश माग गर्दै निवेदन दिएका हुन् ।

सोमबार साँझ मात्रै सर्वोच्च अदालतको आदेशबाट रिहा भएका श्रेष्ठलाई प्रहरीले उपसभामुख रूबी ठाकुरको जाहेरीको आधारमा पुनः पक्राउ गर्न खोजेको छ । तर जिल्ला अदालत ललितपुरले कागजात नपुगेको भन्दै हालसम्म पक्राउ पुर्जी भने दिएको छैन ।

उपसभामुख ठाकुरले जिल्ला प्रहरी परिसर ललितपुरमा श्रेष्ठविरुद्ध साइबर कसुर अन्तर्गत जाहेरी दिएकी थिइन् ।