२८ आश्विन २०८३, बुधबार

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दावी पेश आह्वान भएको छ ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् ।

दावी पेशका लागि भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्मको समय दिइएको छ । संसदबाट विश्वासको मत नपाउने भएपछि सोमबार मुख्यमन्त्री इन्द्र बानिँयाले राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।