२८ आश्विन २०८३, बुधबार

भदौमा कुन वाणिज्य बैंकले कति ब्याज दिन्छ ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनामा दिने ब्याजदर सार्वजनिक भएको छ ।

बैंकलेहरूले आफ्ना ग्राहकका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । २० वाणिज्य बैंकले भदौ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर घटेर ४.१३ प्रतिशतमा झरेको छ। साउनमा यस्तो औसत दर करिब ४.१७ प्रतिशत थियो।

संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ । साउनमा ३.११ प्रतिशत रहेको यस्तो ब्याजदर भदौमा ३.०८ विन्दुमा कायम भएको हो । संस्थागत मुद्दती निक्षेपको औसत दर पनि घटेको छ। भदौमा संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर ३.०८ प्रतिशत कायम भएको छ, जुन साउनमा ३.१२ प्रतिशत थियो।

भदौका लागि पाँच वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक, नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक छन्। बाँकी १५ बैंकले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन्। भदौमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याज नबिल बैंक र प्रभु बैंकले दिने भएका छन्।

त्यसपछि सानिमा बैंक, एनएमबी बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत ब्याजदर कायम गरेका छन्।

त्यस्तै कृषि विकास बैंकले ४.१५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.१० प्रतिशत तथा ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र लक्ष्मी सनराइज बैंकले ४ प्रतिशतसम्म ब्याज दिने भएका छन्।