काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको आगामी महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुने दाबी गरेका छन् ।
देउवा समूहको जारी राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन पेश गर्दै पूर्वउपसभापति निधिले देउवाको नेतृत्वमा महाधिवेशन हुने दाबी गरेको हुन् ।
उनले भने, ‘पार्टीको १५ औं महाधिवेशन सभापति शेरबहादुर देउवाकै अध्यक्षतामा सम्पन्न हुनेछ ।’
काठमाडौंमा शुक्रबारदेखि सुरु भएको इतर पक्षको राष्ट्रिय भेलाको दोस्रो दिन शनिबार राजनीतिक प्रतिवेदन पेश गर्दै उनले यस्तो बताएका हुन् ।













प्रतिक्रिया